Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीको बेनिटारबाट अबैध लागु औषध सहित एक युवक पक्राउ

आँबुखैरेनीको बेनिटारबाट अबैध लागु औषध सहित एक युवक पक्राउ

इच्छाकामना न्युज

२९, भाद्र २०८१
आँबुखैरेनीको बेनिटारबाट अबैध लागु औषध सहित एक युवक पक्राउ

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट अवैध लागुऔषध सहित प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनी अन्तर्गत रहेको अस्थायी प्रहरी चौकी बेनिटारबाट राजमार्गमा नियमित सवारीसाधन चेकजाँचका लागि खटिएको प्रहरी टोलीले नारायणगढबाट पोखरा जान आउदै गरेको ग १ ख ३७९१ नं. को माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा उक्त युवकलाई अवैध लागुऔषध सहित आज अन्दाजी ४ बजेतिर पक्राउ गरेको हो ।

images

पक्राउ पर्नेमा बागलुङ जैमिनी नगरपालिका वडा नं. ९ घर भई हाल चितवन राप्ती नगरपालिका वडा नं. ९ शित्तलटोल बस्ने वर्ष २२ को अमन परियार रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका परियारको साथबाट प्रहरीले डाइजेपाम ८८ एम्पुल, फेनारगन ८८ एम्पुल र बुप्रिनोर्फिन ८८ एम्पुल गरी जम्मा २६४ एम्पुल बरामद गरेको छ । 

यस्तै निजलाई अहिले प्रहरी नियन्त्रण राखि थप अनुसान्धान भईरहेको र आईतबार म्याद थप गरिने प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - २०:१५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology