Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आजदेखि सोह्र श्राद्ध शुरु, दिवंगत पितृको सम्झना गरिँदै

आजदेखि सोह्र श्राद्ध शुरु, दिवंगत पितृको सम्झना गरिँदै

इच्छाकामना न्युज

२, आश्विन २०८१
आजदेखि सोह्र श्राद्ध शुरु, दिवंगत पितृको सम्झना गरिँदै
images

काठमाडौँ । सोह्र श्राद्ध  शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ।

images
images

बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो।

मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ।

सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन्। यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ।

यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ। 

सोह्र श्राद्धमा पिता (बुबा) तर्फका तीन र माता (आमा) तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ। यो श्राद्ध अपराह्नकालमा गर्ने विधान रहेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए।

असोज १६ गते औँसी श्राद्ध गरेपछि सोह्र श्राद्ध सम्पन्न हुनेछ।

images
प्रकाशित मिति :आश्विन २, २०८१ बुधवार - ०७:५०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology