Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र चन्द्रपुर नगरपालिका बीच खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र चन्द्रपुर नगरपालिका बीच खेल हुँदै

इच्छाकामना न्युज

२८, माघ २०७७
राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र चन्द्रपुर नगरपालिका बीच खेल हुँदै

काठमाण्डौ, २८ माघ । राष्ट्रिय महिला लिग फुटबलमा आज एक मात्रै खेल हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजेबाट सुरु हुनेछ ।
रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रदा एपीएफ अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।जारी महिला लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । एपीएफले ७ खेलमा २१ अङ्क जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।चन्द्रपुरलाई हराएर एपीएफ उपाधि होड थप बलियो बनाउन चाहन्छ ।
यता, चन्द्रपुर भने एपीएफविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । चन्द्रपुर एपीएफलाई पहिलो हार चखाउने योजनामा हुनेछ । तर,चन्द्रपुरलाई एपीएफलाई हराउँन सहज भने हुने छैन । चन्द्रपुरले ७ खेलमा ६ अङ्क जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०९:४७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology