Logo

बुधवार, मंसिर ३ गते २०८३

images
२०८३, मंसिर ३ गते
images

इरानमा चरमपन्थी समूहको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गयो

इरानमा चरमपन्थी समूहको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गयो

images

इच्छाकामना न्युज

११, कार्तिक २०८१
इरानमा चरमपन्थी समूहको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गयो
images
कात्तिक ११, इरानको ताफ्तानमा चरमपन्थी समूह जैश अल–अदलले गरेको आक्रमणमा १० जना इरानी सुरक्षाकर्मीको ज्यान गएको छ । इजरायली आक्रमणको एक दिनपछि नै इरानले अर्को आक्रमणको सामना गर्नुपरेको हो । १० जना सैनिकको ज्यान गएको ताफ्तान क्षेत्र पाकिस्तानको सीमा नजिकै छ ।

इरानी आन्तरिक मन्त्रालयले सशस्त्र आक्रमणकारीहरूले ताफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा आक्रमण गरेको बताएको छ । इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमानीले घटनालाई आतङ्कवादी आक्रमण भन्दै तत्काल अनुसन्धानको आदेश दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरी कर्मचारीहरू आफ्नो ड्युटी पूरा गरेपछि निवासमा फर्कने क्रममा आक्रमणमा परेका थिए । आतङ्कवादी सङ्गठन जैश–अल–अदलले आक्रमणको जिम्मेवारी लिएको छ । जैश–अल–अदल एक सशस्त्र चरमपन्थी सङ्गठन हो । 

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १४:४४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology