Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनमा धारीलो हतियार देखाई लुटपाट गर्ने बिकल क्षेत्री पक्राउ

चितवनमा धारीलो हतियार देखाई लुटपाट गर्ने बिकल क्षेत्री पक्राउ

इच्छाकामना न्युज

२९, माघ २०७७
चितवनमा धारीलो हतियार देखाई लुटपाट गर्ने बिकल क्षेत्री पक्राउ

चितवन, २९ माघ ।
चितवनमा महिलालाई धारीलो हतियार देखाई लुटपाट गर्ने बिकल क्षेत्री पक्राउ छन् । भरतपुर महानगरपालिका ३ कमलनगरमा धारिलो हतियार देखाई नगद र गरगहना लुटपाट गरेको आरोपमा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
माघ २४ गते बाह्रघरेमा डेरा गरि बस्ने क्षेत्रीले तनहुँका ३९ बर्षि महिलालाई बोलाई कमलनगर स्थित एकान्त चउरमा भएको ठाउँमा लागि धारिलो हरितयार देखाई कुटपिट गरेर महिलाले लगाएको सुनको झुम्का, सिक्रि, ब्रासलेट, २ वटा औंठी, हातमा लगाएको घडी , २ वटा मोवाइल र नगद रु १७ हजार गरि रु ५ लाख ६३ हजार २५० रुपैया बराबरको धनमाल लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले पीडित महिलाको उद्दार गरी उपचारको लागि अस्पताल पठाईएको छ,
हाल महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

images

क्षेत्रीले महिलासँग आफ्नो नाम बिशाल र आफु मोटरपार्टस र वर्कसप सञ्चालक हुँ भनी फोन मार्फत चिनजान गरी बिभिन्न प्रलोभन देखाइ चितवन घुम्न आउनु भनि तनहुँबाट चितवन बोलाएका थिए । कुटपिटबाट महिलाको कान र हातमा समेत चोट लागको छ ।
उनले डाँका गरी लगेका सुनको सिक्री १ ,घडी १,मोबाइल २ वटा कोठामा फेला परेको र । बाँकी झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २९ को सन्तोष विश्वकर्मालाई बेचेको बुझिएको छ । विश्वकर्मालाई समेत तत्काल पक्राउ गरी २७ गतेबाट लागु हुने गरि सम्मानित चितवन जिल्ला अदालतबाट हिरासतमा राखि अनुसन्धान गर्नको लागि दिन ०७ म्याद प्राप्त गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । ।

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १३:२०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology