Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पोखराको कार्यपालिका बैठक एमाले जनप्रतिधिले गरे बहिस्कार

पोखराको कार्यपालिका बैठक एमाले जनप्रतिधिले गरे बहिस्कार

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८१
पोखराको कार्यपालिका बैठक एमाले जनप्रतिधिले गरे बहिस्कार
images

१५ कात्तिक, काठमाडौं । पोखराका मेयर धनराज आचार्यले करारमा रहेका कर्मचारीका विषयमा छलफल गर्न डाकेको कार्यपालिका बैठक एमाले जनप्रतिनिधिले बहिस्कार गरेका छन् ।

लोकसेवाबाट बढुवा तथा सिफारिस भएर दरबन्दीमा कर्मचारी आइसकेपछि करारका कर्मचारी हटाउन कांग्रेसका प्रतिनिधिले दबाब दिएपछि आज कार्यपालिका बैठक बोलाएका थिए ।

बुधबार ताला लगाउन आएका कांग्रेसका प्रतिनिधिलाई बिहीबार बिहान बैठक डाकेर निर्णय गर्ने भन्दै कार्यपालिका सदस्यलाई बोलाएका थिए ।

बैठकमा २२ वडाध्यक्षसहित कांग्रेसका प्रतिनिधि आए पनि एमालेका प्रतिनिधिले असहमति जनाउँदै बहिस्कार गरेका हुन् । बैठकमा कांग्रेका २२ वडाध्यक्षसहित उपस्थित छन् । ४३ जनाको कार्यपालिकामा एमालेका १० वडाध्यक्षसहित १७ जना जनप्रतिनिधिले बैठक बहिस्कार गरेका हुन् ।

कांग्रेसका जनप्रतिधिले बैठकमा बहुमत सदस्यले निर्णय गर्न सक्ने भन्दै एमालेको बहिस्कारका बाजुद पनि निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

एमाले दलको नेता तथा वडानम्बर-१७ का अध्यक्ष राधिका शाही योगीले आफूलाई बैठकबारे जानकारी नभएको बताइन् । एमालेका वडानम्बर ५ का अध्यक्ष विष्णु बरालले विदामा बैठक बोलाएको र आफूहरूलाई  २४ घन्टा पहिले जानकारी पनि नदिएकोले नगएको  बताए । बैठकको एजेण्डासँग आफूहरू सहमत नभएको पनि उनले बताए ।

२५औं कार्यपालिका बैठकले दरबन्दीमा लोकसेवाबाट बढुवा तथा सिफारिस भएर कर्मचारी आएपछि करारका कर्मचारी हटाउने निर्णय गरेको थियो ।असारसम्म ६ महिना म्याद थप भएका कर्मचारी करार अवधि सकिए पनि ३१ जनाले हाजिरी गरेर काम गरिरहेका छन् । ती प्राविधिकको पदमासमेत गरेर लोकसेवाबाट ३५ जना कर्मचारी आइसकेका छन् ।

लोकसेवाबाट कर्मचारी आइसकेपछि त्यही दरबन्दीमा करारका कर्मचारी राख्न नहुने कांग्रेस प्रतिनिधिको माग छ भने अन्तिम ६ महिनाका लागि म्याद थप हुनुपर्ने एमाले जनप्रतिनिधिको माग छ । जसका कारण मेयर धनराज आचार्य निर्णयमा पुग्न सकेका छैनन् ।

अहिले मेयरसहित कार्यपालिका बैठक बस्न कांग्रेसका प्रतिनिधिले दबाब दिइरहेका छन् । बहुमत सदस्य भएकाले निर्णय नै गर्नुपर्ने उनीहरूको भनाइ छ ।

करार कर्मचारीका विषयमा छिट्टै निष्कर्षमा पुग्ने मेयर आचार्यले बताएका छन् ।

 

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - ०९:३६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology