Logo

बुधवार, मंसिर ३ गते २०८३

images
२०८३, मंसिर ३ गते
images

इजरायल र लेबनानबीच सम्झौताको मस्यौदा तयार

इजरायल र लेबनानबीच सम्झौताको मस्यौदा तयार

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८१
इजरायल र लेबनानबीच सम्झौताको मस्यौदा तयार
images

कात्तिक १५, २०८१ बिहीबार , इजरायल र लेबनानबीच सम्झौताको मस्यौदा तयार भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी जनाएको छ । इजरायल र लेबनानबीच हुने सम्झौताको मस्यौदा सार्वजनिक पनि भएको छ । यो मस्यौदा अमेरिकाले तयार पारेको हो । सम्झौता भएमा इजरायल र लेबनानको सैन्य सङ्गठन हिजबुल्लाहबीचको लडाईँ अन्त्य हुनेछ ।

अमेरिकी राजदूत एमोस होचस्टेनले तयार पारेको यो मस्यौदाबाट इजरायलको युद्ध मन्त्रिपरिषद् सन्तुष्ट रहेको र यसलाई स्वीकार गर्ने सम्भावना उच्च रहेको समाचारमा उल्लेख छ ।  मस्यौदा अनुसार सम्झौतामा हस्ताक्षर भएको सात दिनभित्र इजरायलले दक्षिणी लेबनानबाट आफ्ना सेना फिर्ता लिनुपर्नेछ, जसको पर्यवेक्षण अमेरिका र अरू देशहरुले गर्नेछन् ।

यस्तै लेबनानले दक्षिणी लेबनानमा ६० दिनभित्र कुनै पनि अनौपचारिक सैन्य समूहलाई निशस्त्र पार्नुपर्नेछ । यस्तै लेबनानले आफ्नो क्षेत्रमा हतियारको बिक्री र उत्पादनको अनुगमन गर्नुपर्नेछ र हिजबुल्लाह वा अन्य सशस्त्र समूहमा हतियारको पहुँच पुग्न नदिनुपर्ने उल्लेख छ । सम्झौतापछि लेबनानी सेना र संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) मात्रै दक्षिणी लेबनानमा रहनुपर्नेछ ।

लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले पनि केही दिनमै इजरायलसँग युद्धविराम हुने आशा व्यक्त गर्नुभएको छ । हिजबुल्लाहले इजरायलमा आक्रमण गरेपछि अहिले इजरायलको सेनाले लेबनानी भूमिमै प्रवेश गरे आक्रमण गरिरहेको छ । पछिल्लो एक महिनामा मात्रै इजरायलको आक्रमणबाट २८ सय जनाभन्दा धेरै लेबनानीको ज्यान गएको छ । मिसाइल र रकेटले लेबनानका सयौँ भौतिक संरचना ध्वस्त भएका छन् । 

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - ०९:५१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology