आँबुखैरेनी, १८ कार्तिक । तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पस पहिलो बर्षमा अध्ययनरत २२ बर्षका सुमित शाहको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको बन्दीपुर–५ याम्पाफाँटमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा शाहको मृत्यु भएको हो । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका घर भई हाल व्यास नगरपालिका–२ दमौलीमा बस्दै आएका थिए । बाग्मती प्रदेश २–०२–००३९९४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा शाहको घट्नास्थलमै मृत्यु भएको हो । मोटरसाइलक र चालक सडक देखि करिब १५ मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो । घट्नाको बिषयमा थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।