Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल तमु विद्यार्थी छोंज धी को १२ औं रास्ट्रिय महाधिवेशन यहि कार्तिक २४ देखि दमौलीमा हुने

नेपाल तमु विद्यार्थी छोंज धी को १२ औं रास्ट्रिय महाधिवेशन यहि कार्तिक २४ देखि दमौलीमा हुने

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८१
नेपाल तमु विद्यार्थी छोंज धी को १२ औं रास्ट्रिय महाधिवेशन  यहि कार्तिक २४ देखि दमौलीमा हुने
images

२१ कार्तिक, तनहुँ । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी को १२ औं रास्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ । महाधिवेशन मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यहि कार्तिक २४ देखि २६ गतेसम्म दमौलीमा महाधिवेशन गर्न लागेको जानकारी गराएको हो । महाधिवेशनको उद्घाटन नेपाल सरकारका प्रबक्ता एबम संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम सफल बनाउन प्रतिनिधि र पर्यवेक्षक गरेर पाँच सय जना खटाइने आयोजकले जनाएको छ । त्यस्तै गरि छिमेकी जिल्ला र स्थानीय गरि करिब पन्ध्र सयको हाराहारीमा महाधिवेशनमा सहभागीता जनाउने संयोजक बिश्वराज तमुले जानकारी दिए ।
FB_IMG_1730890480736.jpg

महाधिवेशनको उद्घाटन हुनु अगाडि र्याली सहित सांस्कृतिक कार्यक्रम गरि बाजागाजासहित बजार परिक्रमा गरिनेछ । व्यास नगरपालिका-३ स्थित सभाहलमा गर्न लागिएको कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउनेछन । आउने प्रतिनिधिहरुबाट थोरै भएपनी शुल्क लिइने संयोजक तमुले बताए । त्यस्तै आउने प्रतिनिधिहरुलाई खान र बस्नको लागि समेत ब्यबस्थापन गरिएको छ । कार्यक्रम सम्पन्न गर्न करिब बीस लाख रुपैयाँ खर्च हुने मुल समारोह समितिले जनाएको छ । त्यस्तै कार्यक्रमको लागि तमु समाजका प्रतिनिधि तथा स्थानिय तहले समेत सहयोग गरेको आयोजकको भनाइ छ । बिपन्न परिवारका बालबालिकालाई आधारभूत तहको शिक्षा प्रदान गर्न सहयोग होस भन्ने उदेस्यले सैक्षिक अक्षयकोष स्थापना गर्ने तयारी समेत भएको संयोजक तमुले बताए ।

images
प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - १९:३०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology