Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको दमौलीमा नेपाल तमु विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन आज देखि सुरु हुदै

तनहुँको दमौलीमा नेपाल तमु विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन आज देखि सुरु हुदै

images

इच्छाकामना न्युज

२४, कार्तिक २०८१
तनहुँको दमौलीमा नेपाल तमु विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन आज देखि सुरु हुदै
images

२४ कार्तिक, तनहुँ । तनहुँको दमौलीमा नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन आज देखि सुरु हुदैछ । आगामी कार्तिक २६ गतेसम्म दमौलीमा चल्ने महाधिवेशनको एक भव्य समारोहकाबीच  नेपाल सरकारका प्रबक्ता एबम संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

कार्यक्रम सफल बनाउन प्रतिनिधि र पर्यवेक्षक गरेर पाँच सय जना खटाइने आयोजकले जनाएको छ । त्यस्तै गरि छिमेकी जिल्ला र स्थानीय गरि करिब पन्ध्र सयको हाराहारीमा महाधिवेशनमा सहभागीता जनाउने संयोजक बिश्वराज तमुले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन हुनु अगाडि र्याली सहित सांस्कृतिक कार्यक्रम गरि बाजागाजासहित बजार परिक्रमा गरिनेछ । व्यास नगरपालिका–३ स्थित सभाहलमा गर्न लागिएको कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने र महाधिवेशनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संयोजक तमुले बताउनुभयो । 

images
प्रकाशित मिति :कार्तिक २४, २०८१ शनिवार - ०६:०४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology