Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँदिमूलमा ठूलो एकादशी मेला लाग्ने

आँदिमूलमा ठूलो एकादशी मेला लाग्ने

images

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
आँदिमूलमा ठूलो एकादशी मेला लाग्ने
images

कार्तिक २५, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ याञ्चोकमा रहेको आँदिमूल मन्दिरमा आगामी कार्तिक २७ गते मंगलबार मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीका दिन मन्दिरमा भब्य मेला लाग्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष हिमाल थापाले जानकारी दिए।

सोमबार दशमीको दिन सत्यनारायणको पूजा गरि भोलिपल्ट एकादशीको दिन मन्दिरमा फूलडोली चढाउने प्रचलन छ । मनोकाँक्ष पूरा हुने विश्वासका साथ मन्दिरमा पूजा आर्चना गर्नेको भिड लाग्ने गरेको मन्दिरका पुजारी रामकाजी मास्की मगरले बताए ।

आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ। आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन्। यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ। आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन्।

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १७:५३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology