Logo

बुधवार, मंसिर ३ गते २०८३

images
२०८३, मंसिर ३ गते
images

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट अलग भएको कतारको घोषणा

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट अलग भएको कतारको घोषणा

images

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट अलग भएको कतारको घोषणा
images

कात्तिक २५, कतारले इजरायल र हमासबीच निर्वाह गर्दै आएको मध्यस्थताको भूमीकाबाट अलग भएको घोषणा गरेको छ । युद्धविरामको पहल गर्दै आएको कतारले अब इजरायल र हमासले वार्ताका लागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता नगर्ने बताएको बीबीसीले जनाएको छ ।

अमेरिकाले कतारमा हमासका नेताहरुको उपस्थितिलाई नस्वीकार्ने बताएपछि कतारको निर्णय सार्वजनिक भएको हो । हमासले युद्ध अन्त्यको प्रस्ताव नमानेको भन्दै अमेरिकाले अब कतारमा हमासको उपस्थिति अस्वीकार्य भएको बताएको थियो ।

कतारको विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा १० दिन अघि नै सबै पक्षलाई सूचना दिएर वार्ता निष्कर्षबिहिन भएमा मध्यस्थताको भूमिकाबाट अलग हुने जानकारी दिएको र त्यही अनुसार अलग भएको उल्लेख छ । सन् २०१२ देखी कतारको राजधानी दोहामा हमासको राजनीति सञ्चालित छ ।

गएको अक्टोबरमा हमासले इजरायली भूमीका आक्रमण गरेपछि प्रभावितहरुलाई जोखिम क्षेत्रबाट हटाउन, राहात पुर्‍याउन र युद्धबन्दी रिहाइसँगै युद्ध रोक्न कतारले मध्यस्थताको काम गर्दै आएको छ । 

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १८:०५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology