Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पृथ्वीराजमार्ग दैनिक चार घण्टा अवरुद्ध हुने

पृथ्वीराजमार्ग दैनिक चार घण्टा अवरुद्ध हुने

images

इच्छाकामना न्युज

१, मंसिर २०८१
पृथ्वीराजमार्ग दैनिक चार घण्टा अवरुद्ध हुने
images

अमरराज नहर्की

तनहुँ, मङ्सिर १ गते । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम गर्न दैनिक चार घण्टा सडक बन्द हुने भएको छ । राजमार्गको दमौली–डुम्रे खण्ड रातको समयमा चार घण्टा बन्द हुने सडक विस्तार आयोजनाको पूर्वीखण्डले सूचना जारी गरी बन्द हुने जनाएको छ । 

सडक विस्तारका लागि व्यास नगरपालिका–१२ छिर्कनदेखि देउरालीसम्ममा भित्तो खार्नुपर्ने कामका लागि मङ्सिर ३ गते देखि २३ गतेसम्म राति ११ बजे देखि १ बजेसम्म गरी दुई घण्टा सडक पूर्ण रूपमा बन्द गरिने सूचनामा उल्लेख गरिएको छ । 

त्यसपछि १ बजे देखि १ः३० बजेसम्म गरी आधा घण्टा सडक आवागमन खुल्ला हुनेछ । बिहान २ बजे देखि ४ बजेसम्म पुनः दुई घण्टा गरी चार घण्टा बन्द हुने आयोजना प्रमुखले जारी गर्नुभएको सूचनामा उल्लेख छ । सडक निर्माण कार्यलाई तीव्रता दिनका लागि यस सडक खण्डमा सवारी आवत–जावतमा रोक लगाइएको जनाइएको छ । 

यात्रुलाई समस्या कम होस् भनेर सवारी चाप कम हुने समय रातमा बन्द गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । अत्यावश्यक एम्बुलेन्सलाई भने विशेष व्यवस्था गरी सवारी पास गरिने उहाँले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :मंसिर १, २०८१ शनिवार - १९:५२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology