तनहुँ, ३ मंसिर । नेपाल प्रिमियर लिग खेल्ने पोखरा एभेन्जर्सका खेलाडीलाई तनहुँको दमौलीमा भव्य स्वागत तथा सम्मान गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ र तनहुँ क्रीकेट संघले पोखरा एभेन्जर्सका खेलाडीलाई भव्य स्वागत तथा सम्मान गरेको हो ।
सो अवसरमा पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल नेतृत्वको खेलाडीहरुलाई दमौली परिक्रमा गराईएको थियो ।
पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेलले पछिल्लो समयमा सम्पुर्ण नेपालीहरुले क्रीकेट प्रति देखाएको माया, साथ र समर्थनले थप हौसला मिलेको बताए ।