Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको भिमादमा पहिरोले ३० घरपरिवारको उठिबास, पहिरोले खानेपानीमा समेत क्षति

तनहुँको भिमादमा पहिरोले ३० घरपरिवारको उठिबास, पहिरोले खानेपानीमा समेत क्षति

images

इच्छाकामना न्युज

६, मंसिर २०८१
तनहुँको भिमादमा पहिरोले ३० घरपरिवारको उठिबास, पहिरोले खानेपानीमा समेत क्षति
images

तनहुँ, मङ्सिर ६ गते । पहिरोले गर्दा तनहुँको भिमाद नगरपालिकाका विभिन्न वडा गरी ३० घरका बासिन्दाको उठिबास भएको छ । यस वर्षको वर्षाले गर्दा आएको बाढीपहिरोले घर भत्किएर पूर्ण क्षति हुँदा उठिबास भएको हो । पहिरोबाट अधिकांश दलित समुदायका बासिन्दा प्रभावित छन् । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले दिनुभएको जानकारी अनुसार कतिपय घर निसानै नरहने गरी भत्किएका छन् । वडा नं. ९ मा तीन घरमध्ये दुई घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । त्यसै गरी नगरपालिकाका विभिन्न वडामा बाढीपहिरोले घर भत्किएर उच्च जोखिम भएपछि मानिस अन्यत्रै बसोवास गर्दै आएका छन् । विस्थापित घरधुरीको तथ्याङ्क सङ्कलन भइसकेको छ । नगरप्रमुख सुवेदीले भन्नुभयो, “विस्थापित परिवारसँग छलफल गरी समस्या समाधान गर्न लागेका छौँ । ३० घरका करिब १५० मानिसको उठिबास भएकाले जीवन गुजार्न कठिन भएको उहाँले जानकारी दिनुभयो । हालै बसेको कार्यपालिका बैठकले स्थलगत निरीक्षण गरी प्रभावित भएकाका लागि व्यवस्थापन गर्न विकल्पको खोजी भइरहेको उपप्रमुख शारदा खनालले बताउनुभयो । सुरक्षित वासस्थानका लागि प्राविधिकसहितको एक टोली गठन गरिएको उहाँले जानकारी दिनुभयो । खानेपानीका योजनामा क्षति यसै गरी भीमाद नगरपालिकामा यस वर्षको बाढीपहिरोले ३५ वटा खानेपानी योजनामा नोक्सान पुगेको छ । सानाठुला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब ५० लाख रुपियाँ बजेटले नधानेपछि विकास निर्माणको बजेट खर्च गर्नु परेको नगरप्रमुख सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकबाट निर्णय गरी विकास बजेटबाट खानेपानी योजना मर्मतसम्भारका लागि खर्च गरिएको छ ।” विकास निर्माणको करिब २५ लाख रुपियाँ खर्च गरिएको उहाँले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :मंसिर ६, २०८१ बिहिवार - २२:४५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology