नवलपुर —पूर्वी नवलपरासीको देवचुलीमा शुक्रबारबाट प्रथम देवचुली कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । आयोजक शान्तिदीप युवा क्लब देवचुली नगरपालिका-१० पृथ्वीनगरको आयोजनामा देवचुली गोल्डकप संचालन हुन लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । मंसिर २२ गतेसम्म हुने प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहने छ । चितवन, नवलपरासी पश्चिम, नवलपुरलगायतका जिल्लाबाट प्रतियोगी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेले दुई लाख ७५ हजार र दोस्रो हुने समूहले १ लाख ५० हजार नगद र मेडल पाउने छ्न् । आयोजक शान्तिदीप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्तीमगरले बताए । उद्घाटन खेलमा शुक्रबार वातासिन योङ स्टार कावासोती र युनाइटेड युवा क्लब हुप्सेकोटबीच खेल हुने छ ।