Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लाप्राकमा अझै बलेन केन्द्रीय प्रशारण लाइनको बिजुली

लाप्राकमा अझै बलेन केन्द्रीय प्रशारण लाइनको बिजुली

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
लाप्राकमा अझै बलेन केन्द्रीय प्रशारण लाइनको बिजुली
images

बारपाक। गोरखाको बारपाकमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बलेको चार बर्ष वितिसक्दा पनि लाप्राकमा भने अझै बिजुली पुगेको छैन । नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार पोल जडान र तार बिस्तारको काम सम्पन्न भइसकेको छ । तर बिजुली बाल्न सकिएको छैन ।

मिटर नआएकाले समस्या भएको कार्यालय प्रमुख चीजबहादुर गुरुङले बताए । ‘मिटर खरिद केन्द्रले गरेर पठाउने हो,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘खरिद गर्न बाँकी नै भएकाले काम अड्किएको हो ।’ मिटर खरिदका लागि ठेक्का भइसकेको बताउँदै उनले अवको केही दिनमा मिटर आइपुग्ने जानकारी दिए ।

उनका अनुसार मिटरको माग गर्दै हालसम्म करिव ७० वटा निवेदन परेको छ । ‘त्यहा लघुजलबिद्युत पनि छ, हिउँद लागेपछि पावर कम हुन्छ अनि लाइन जोड्नका लागि मिटर माग गर्न आउनेहरु बढ्नुहुन्छ,’ गुरुङले भने । बारपाकबाट लाइन विस्तार हुदैँ लाप्राक पुगेको हो । लाइन विस्तारका लागि बारपाकदेखि लाप्राकसम्म करिव दुई सय वटा पोल राखिएका छन् । बिद्युत प्रवाह पालुङटारमा रहेको सव–स्टेशनबाट भएको छ । ‘सिरानचोकमा सवस्टेशन बन्दै छ, अव त्यहीबाट बिद्युत प्रवाह हुन्छ,’ गुरुङले भने, ‘पछि घ्याम्पेशाल सवस्टेशनबाट जान्छ ।’

कार्यालयका अनुसार हाल गोरखाको चुमनुव्री वाहेक सबै स्थानीय तहमा राष्ट्रिय प्रशारण लाइनको बिद्युत पुगिसकेको छ । गत बर्षबाट बारपाकको कुल गाउँ, पोखरी, मान्द्रे, सौरपानी, सिम्जुङ लगायतका स्थानमा बिजुली बलिसकेको छ । हाल जिल्लामा कुल ग्राहक संख्या ५० हजार १७० रहेको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १६:१६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology