Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चितवनमा फोहोर व्यवस्थापन गर्न प्रशोधन उद्योग : काठमाडौँ महानगरको टोलीद्वारा अवलोकन

चितवनमा फोहोर व्यवस्थापन गर्न प्रशोधन उद्योग : काठमाडौँ महानगरको टोलीद्वारा अवलोकन

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
चितवनमा फोहोर व्यवस्थापन गर्न प्रशोधन उद्योग : काठमाडौँ महानगरको टोलीद्वारा अवलोकन
images
 
रत्ननगर । चितवनमा पालिका स्तरबाट उत्पादन हुने फोहोरको दीगो व्यवस्थापनको लागि देशकै ठुलो प्रशोधन उद्योग(सामग्री पुनः उपयोग केन्द्र) सञ्चालनमा ल्याइएको छ । सम्भवत निजी लगानीबाट सञ्चालित देशको ठुलो फोहोर प्रशोधन उद्योग रहेको दावी गरिएको छ ।

सफा उर्जा उत्पादन प्रा.लिले चितवनको खैरहनी नगरपालिका वडा नं ४ चैनपुरमा नमुना मोडलको रुपमा व्यवस्थित प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो । फोहोर व्यवस्थापनको विषय देशव्यापी रुपमा पालिकाका जनप्रतिनिधिलाई टाउको दुखाईको विषय बनिरहेको अबस्थामा यसको दीर्घकालिन सामधानको लागि निजी क्षेत्रले प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो । खैरहनी नगरपालिकामा उत्पादन हुने फोहोर संकलन र व्यवस्थापनको काम गरेको सफा उर्जाले रत्ननगर नगरपालिकालाई समेत जोडेको छ ।

पूर्वी चितवनमा फोहोर व्यवस्थापनको समस्या निराकरण गर्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याइएको सफा उर्जाका निर्देशक निर्णय पौडेलले बताए । डेढ बर्ष अघि देखि चितवनमा सुरु गरेको फोहोर प्रशोधनको कामलाई देशका ७५३ वटै स्थानीय तहहरुले चासोको रुपमा हेरिरहेका छन् । देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाले समेत चितवनमा सफा उर्जाले फोहोर प्रशोधनको सञ्चालनमा ल्याएको उद्योगको अबलोकन गरेको छ ।

महानगरपालिको वाताबरण व्यवस्थापन विभागको टोलीले सफा उर्जाले सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगले गरिरहेको कामको अबलोकन गरेर फर्किएको छ । काठमाडौं महानगरपालिकाका बरिष्ठ शाखा अधिकृत सानुमैया महर्जन, मेकानिकल इन्जिनियर विजय तुलाधर, वाताबरण निरीक्षक सृष्टि श्रेष्ठ, सिभिल इन्जिनियर उद्धबराज नेपाल र कर्मचारी महेश शाक्यले प्रशोधन उद्योगको अबलोकन तथा निरीक्षण गरेर फर्किएको हो । महानगरको टोलीले कारखानामा सुख्खा तथा जैविक फोहोर प्रसोधन मेसिन तथा प्रबिधिहरूको अवलोकन गरेको थियो ।

खैरहनी र रत्ननगर नगरपालिकाको सहजीकरणमा सुरु गरिएको देशकै ठूलो तथा पहिलो प्रशोधन उद्योगले विपन्न तथा सीमान्तकृत समुदायका ११५ लाई रोजगारी प्रदान गरेको छ । प्रशोधन उद्योग सञ्चालनमा खैरहनी नगरपालिकाको महत्वपूर्ण भूमिका तथा रत्ननगर नगरपालिकाको साथ रहेको निर्देशक पौडेलले बताए । महानगरपालिकोको टोलीले चितवनमा बैज्ञानिक ढंगबाट भइरहेको फोहोर व्यवस्थापन र प्रशोधनको कामको प्रशंसा गरेको थियो ।

सफा उर्जाका प्रतिनिधि रोशन केसीले महानगरको टोलीलाई उद्योग स्थापना गर्नुको उद्देश्य सहित उद्योगले गरिरहेको कार्यप्रगति र भावि योजनाको विषयमा जानकारी गराएका थिए । स्रोतमै फोहोरको बर्गीकरणको काम सुरु गरेर सफा उर्जाले फोहोर व्यवस्थापनमा नयाँ कामको सुरुवात गरेको छ । तरकारी तथा फलफुलबाट सफा प्राङ्गारिक मल उत्पादन गरी बजारमा पठाउन सुरु गरिएको छ ।

सिसाजन्य बस्तुको धुलोबाट भौतिक संरचना निर्माणमा प्रयोग हुने ब्लक, कपडाजन्य बस्तुबाट कपास बनाउन सुरु गरिएको पौडेलले बताए । उद्योगबाट उत्पादित जैविक मलको प्रयोग गरी सयपत्री फुलको खेती गरेको सफा उर्जाले प्याज र लसुनको व्यवसायिक खेत गर्ने तयारी गरेको छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १६:३५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology