Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर

इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर

images

इच्छाकामना न्युज

१, मंसिर २०८३
इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर
images

टीका खतिवडा,

इलाम। इलाममा परेको असिना पानीका कारण पाक्नै लागेको धान बालीमा ठुलो क्षति पुर्‍याएको छ । गत कात्तिक २५ गते परेको असिना पानीका कारण पाक्न लागेको धान ९० प्रतिशत सम्म भुईँमा झारेको किसानहरूको भनाइ छ ।

इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको बाक्लो असिनाले पाक्नै लागेको बढी क्षति धान बालीमा पुर्‍याएको किसानहरुको भनाइ छ । मुख्य बाली भित्र्याउने मुख्य सिजनमा नै एक्कासि मौसम बिग्रिएर असिना पानी परेपछि धान काट्ने र थन्क्याउने तयारीमा रहेका स्थानीय किसानहरू निकै चिन्तित बनेका छन् ।

विशेष गरेर देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, सन्दकपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा बढी असिना परेको बताइएको छ । असिनासहितको वर्षाले पाकेर पहेँलपुर भएको धानका बाला झारेको तथा बोट ढालेर क्षति पुर्‍याएको किसान मिलन सुवेदीको भनाइ छ । अलैँची, अदुवा लगायतका केही बालीका लागि राहत मिले पनि हिउँदे तरकारी बालीमा समेत क्षति पुर्‍याएको किसानहरू बताउँछन् ।

वर्षभरि खान पुग्ने अन्न जोहो गर्न लामो समयको मेहनत र लगानीपछि बाली भित्र्याउने अवस्थामा पुगेको धान असिनाले सखाप पारेपछि किसानहरू निराश बनेका छन् । धानबारीमा क्षति पुर्‍याए पनि कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले किसानको नोक्सानी प्रति कुनै चासो नदेखाएको किसानहरू बताउँछन् । हालसम्म किसानहरूबाट क्षतिको विषयमा जानकारी नगराएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख रविकिरण अधिकारीको भनाइ छ । यता किसानहरूले तत्काल उचित राहतको व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

 
 

images
प्रकाशित मिति :मंसिर १, २०८३ सोमवार - १६:५६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology