Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक पल्टियो, ४ जना गम्भीर घाइते

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक पल्टियो, ४ जना गम्भीर घाइते

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक पल्टियो, ४ जना गम्भीर घाइते
images

९ मंसिर, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो ।



चामल बोकेको सो ट्रक पल्टिँदा चार जना च्यापिएर बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

‘च्यापिएका चारजनामध्ये दुई जनालाई उपचारका लागि भरतपुर ल्याइएको छ र अरु दुई जना च्यापिएकै अवस्थामा छन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले भने ।



प्रहरीका अनुसार ट्रक दुर्घटनाको कारण भने खुलिसकेको छैन । दुर्घटनापछि पनि सडक अवरोध पनि छैन ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १९:४८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology