Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आदिकवि क्याम्पसको शुल्क र जरिवानाले विद्यार्थीको ढाड सेक्दै : बिरुद्वमा पाँच विद्यार्थी संगठनको चर्को बिरोध

आदिकवि क्याम्पसको शुल्क र जरिवानाले विद्यार्थीको ढाड सेक्दै : बिरुद्वमा पाँच विद्यार्थी संगठनको चर्को बिरोध

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
आदिकवि क्याम्पसको शुल्क र जरिवानाले विद्यार्थीको ढाड सेक्दै : बिरुद्वमा पाँच विद्यार्थी संगठनको चर्को बिरोध
images

तनहुँ, १० मंङसिर । तनहुँको व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीसंग लिएको चर्को शुल्क र जरिवाना बिरुद्व क्याम्पसका विद्यार्थी संगठनले बिरोध जनाएका छन् ।

शुल्कको नाउँमा विद्यार्थीको ढाड सेक्दै आएको यस क्याम्पसले समयमा शुल्क नबुझाउनेलाई जरिवानाको व्यवस्था गरेर शिक्षा क्षेत्रमा क्याम्पसको खिल्ली उडाएको छ ।

शुल्क र जरिवानाको बिरुद्धमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन,अखिल समाजवादी विद्यार्थी संगठन,अनेरास्ववियु विद्यार्थी संगठन,नेपाल विद्यार्थी संगठन र अनेरास्ववियु आदिकवि भानुभक्त इकाई कमिटीले सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बिरोध जनाएका हुन् ।

शिक्षा निःशुल्क भन्ने नारा रहेपनि विद्यार्थीले शुल्क तिर्दै आएको र कतिपयका पारिवारिक समस्याका कारण समयमा बुझाउन नसक्दा जरिवानाको व्यवस्था गर्ने निर्णय खेदजनक रहेको विद्यार्थी संगठनले जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

क्याम्पसले जरिवाना लागू गरेर बिद्यार्थीको सपना चकनाचूर पार्ने कार्य गरेको विद्यार्थी संगठनले आरोप लगाएका छन् ।

क्यापसले लघुबित्त र सहकारीले जस्तो गरी नियम लागू गरेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष निर्दोस भट्टराईले बताउनुभयो । विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण समेत गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २१:१२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology