Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

‘चौथो गोरखकाली पर्यटन मेला’ आगामी पुस ८ गतेदेखि

‘चौथो गोरखकाली पर्यटन मेला’ आगामी पुस ८ गतेदेखि

इच्छाकामना न्युज

११, मंसिर २०८१
‘चौथो गोरखकाली पर्यटन मेला’ आगामी पुस ८ गतेदेखि

गोरखा । गोरखा सदरमुकाममा चौथो गोरखकाली पर्यटन मेलाहुने भएको छ । हरमटारी क्लवको आयोजनामा यही पुस ८ गतेदेखि १८ गतेसम्म मेला हुन लागेको हो ।

images

‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रवद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने मुल नाराका साथ मेला आयोजना गर्ने आयोजक क्लवले जनाएको छ ।

सकारात्मक सन्देश सहित मनोरञ्जन प्रदान गर्ने उद्देश्य सहित मेला आयोजना गरिएको क्लवका अध्यक्ष जीवन गुरुङले बताए । ‘मेला आयोजना गर्नुको प्रमुख उद्देश्य दर्शकहरुलाई मनोरञ्जन दिनु हो’, उनले भने, ‘मेला लगतै क्लवले नवौँ गोरखकाली कप र दोस्रो मिस्टर बि अन्तर विद्यालय फुटबल प्रतियोगिता समेत गर्न लागेको छ, त्यसका लागि पनि आर्थिक संकलन हुन्छ भनेर मेला आयोजना गरेका हौँ ।’

मेलामा जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वयमा गरी सबै जातजातिको भेषभुषा, संस्कृति तथा लोपोन्मुख जातिको कला संस्कृति प्रदर्शन गर्ने तयारीमा रहेको उनले बताए ।

स्थानीय तथा राष्ट्रिय स्तरका स्रष्टा तथा कलाकारहरुको प्रस्तुतिपनि मेलामा रहने क्लवले जनाएको छ । हरमटारी रङ्गशालामा हुने मेलामा करिब ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

मेलामा टिकटको व्यवस्था हुनेछ । मेलामा दौड लगायत विभिन्न खेलकुद प्रतियोगिता, नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता, खाना महोत्सव, कन्सर्ट कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, विभिन्न जातीय भेषभुषा प्रदर्शन लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।

चौथो गोरखकाली पर्यटन मेलामा ५६ लाख ५० हजार आम्दानी हुने र ५२ लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ । जम्मा चार लाख बचत हुने अनुमान गरिएको र सो रकमबाट सातौँ गोरखकाली रनिङ कप आयोजना गर्ने क्लवका अध्यक्ष गुरुङले बताए । बाँकी बचत भएको रकम सामाजिक क्षेत्र र खेलकुद विकासको क्षेत्रमा खर्च गरिने उनको भनाई छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - ०९:५४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology