Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सौराहामा आगामी पुस ११ गतेदेखि १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने

सौराहामा आगामी पुस ११ गतेदेखि १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने

इच्छाकामना न्युज

११, मंसिर २०८१
सौराहामा आगामी पुस ११ गतेदेखि १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने

चितवन । पर्यटकीय गन्तव्य सौराहामा आगामी पुस ११ गतेदेखि १५ गतेसम्म १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ।

images

१८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ, चितवनको आयोजनामा हुन लागेको हो। संघका अनुसार तीन वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिन थालिएको हो।

यस वर्षको महोत्सव आगामी पुस ११ देखि १५ गतेसम्म गर्न लागिएको छ। महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्तीपोलो, हात्ती सुन्दरी प्रतियोगिता लगायत झाँक्री प्रदर्शनी गरिनेछ। महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तर्क्रिया कार्यक्रमसमेत हुनेछ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्धनात्मक कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ।

अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ यो महोत्सव आयोजना गरिन्छ। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।

images
प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - २२:४४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology