Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको भीमसेनथापा गाउँपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई सम्मान

गोरखाको भीमसेनथापा गाउँपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई सम्मान

images

इच्छाकामना न्युज

१२, मंसिर २०८१
गोरखाको भीमसेनथापा गाउँपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई सम्मान
images

प्रतिक्षा आले मगर 

गोरखा । अन्तरजातीय विवाह गर्नेहरुलाई गोरखाको भीमसेनथापा गाउँपालिकाले सम्मान गरेको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर पालिकाले अन्तरजातीय विवाह गर्ने ३६ जोडीलाई सम्मान गरेको हो । मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षबाट अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई सम्मान गरिएको पालिकाकी सामाजिक शाखाकी कल्पना दवाडीले जानकारी दिइन् ।

जातीय विभेद र छुवाछुत अन्त्य गर्ने उद्देश्यका साथ सम्मान गरिएको उनले जानकारी दिइन् । ‘मंगलबार बिहान पालिका भवन वरपरका क्षेत्रहरुमा प्रभातफेरी कार्यक्रम ग¥यौँ । त्यसपछि पालिकाभरका दलित अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई सम्मान गरेका हौँ’, उनले भनिन् । ‘सम्मान भएका सबैजसो जोडीहरु नवविवाहित् हुन्’, उनले भनिन्, ‘घरपरिवारले स्वीकार नगरेको अवस्थामा पालिकाले सम्मान गर्दा उनीहरु निकै खुसी भएका छन् ।’ दलितबाहेक अन्य समुदायका अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्न सम्भव नभएकाले दलित अन्तरजातीय विवाहलाई मात्र प्राथमिकतामा राखेर कार्यक्रम गरिएको उनको भनाई छ ।

पालिकाको सामाजिक बिकास समितिका प्रमुख एवं भिमसेनथापा गाउँपालिका वडा नं ८ का अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा पालिका अध्यक्ष लोक प्रसाद बञ्जरा, उपाध्यक्ष अमृता देवी वस्ती, पालिकाको सामाजिक शाखा प्रमुख रुल बहादुर आले लगायतले बधाइ तथा शुभकामना मन्तव्य राखेका थिए ।

साथै, मंगलबार पालिकाले ‘टोल सुधार अभिमुखीकरण’ कार्यक्रम समेत आयोजना गरेका थियो । पालिकाभित्रका टोल सुधार समितिहरुलाई सक्षम बनाउने उदेश्य सहित कार्यक्रम संचालन गरिएको पालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - ०९:१३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology