आँबुखैरेनी, १२ मंसिर । तनहुँ जिल्लाको आँबुखैरेनीबाट नियन्त्रित लागु औषध सहित १ जना पक्राउ परेका छन ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा नियन्त्रित लागु औषध सहित शुक्लागण्डकी न.पा.- ८ बस्ने वर्ष ३५ को राज कुमार सेनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
पक्राउ परेका सेनको साथबाट यात्रुवाहक माईक्रो बसमा काठमाण्डौबाट पार्सलको रुपमा लुकाई छिपाई पठाइएको अवस्थामा Diazepam- ४३ एम्पूल, Phenergan-४३ एम्पूल र Buprenorphine-४३ एम्पूल गरी जम्मा १२९ एम्पूल नियन्त्रित लागु औषध बरामद गरेको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिनुभएको छ ।
सेनलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई रहेको छ ।