आँबुखैरेनी, १२ मंसिर । तनहुँको आँबुखैरेनीमा बुधबार अति बिषालु सर्प किङ्ग कोब्रा देखा परेको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नं.-३, स्थित विधालय मार्गको एक घर पछाडी अति बिषालु सर्प किङ्ग कोब्रा देखा परेको हो ।
किङ्ग कोब्रा देखा परे लगत्तै सर्प उद्वारका लागि स्थानीयले सामाजिक अभियान्ता एवं सर्प संरक्षक यमलाल भण्डारीलाई खबर गरेका थिए ।
सामाजिक अभियान्ता एवं सर्प संरक्षक यमलाल भण्डारीले घर पछाडि रहेको शौचालयबाट बिषालु सर्प किङ्ग कोब्राको सफल उद्वार गरि उक्त सर्पको बासस्थान सहज हुने स्थानमा लगेर छाडिदिएका छन ।