Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भानु कर्मदाका विद्यार्थीहरु आलु खेती गरेर अध्ययन खर्च आफैं जुटाउँदै

भानु कर्मदाका विद्यार्थीहरु आलु खेती गरेर अध्ययन खर्च आफैं जुटाउँदै

images

इच्छाकामना न्युज

१३, मंसिर २०८१
भानु कर्मदाका विद्यार्थीहरु आलु खेती गरेर अध्ययन खर्च आफैं जुटाउँदै
images

तनहुँ, मङ्सिर १३ गते । तनहुँको भानु नगरपालिका-९ बाइसजाँगर स्थित कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती गरेका छन् ।

त्यसबाट विद्यार्थीले खर्चको जोहो गरेका छन् । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कक्षा १० मा अध्ययनरत विद्यार्थीले दुई रोपनी जमिनमा आलुखेती गरेका हुन् ।

विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई खर्चको जोहो गराउन आलुखेतीमा संलग्न गरिएको र ७० किलो आलु हालै रोपिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार विकले छात्रावासमा बस्दा अभिभावकको आर्थिक लगानीलाई केही कम गर्ने र विद्यार्थीलाई आफैँप्रति जिम्मेवार बनाउन सकियोस् भन्ने उद्देश्यले आलुखेती गरिएको जानकारी दिनुभयो ।

पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई श्रमप्रति सम्मानको भावनासमेत जगाउने हुँदा खेती गरिएको उहाँ बताउनहुन्छ । आलुखेतीका लागि बारी खन्न विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् । यस अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाउँदै विद्यार्थीलाई सीपसँगै आर्थिक उपार्जनसँग जोड्न समन्वयकारी भूमिका निर्वाह गर्न स्रोत शिक्षकको व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई आयआर्जनसँग जोड्न र सस्कृति संरक्षण गर्ने उद्देश्यले पञ्चेबाजा बजाउने तालिम प्रदान गरिसकिएको प्रधानाध्यापक विकले जानकारी दिनुभयो ।

विद्यार्थीले बाजा बजाएर, तरकारी बिक्री गरेको आम्दानी आफैँले किताब, कपी, कलमलगायत शैक्षिक सामग्री खरिदमा उपयोग गर्न सक्ने भएकाले परिवारमा आर्थिक बोझ कम हुने दाबी उहाँको छ । प्रधानाध्यापक बिकका अनुसार आम्दानी रकम एकमुष्ट सङ्कलन गरी विद्यार्थीलाई दामासाहीले वितरण गरिन्छ ।

images
प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - १३:३९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology