Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना

images

इच्छाकामना न्युज

१३, मंसिर २०८१
आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना
images

आँबुखैरेनी, १३ मंसिर– आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ ।

आँबुखैरेनी अस्पतालमा उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

आकस्मिक रक्त सञ्चार केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शुक्र चुमानले शुभारम्भ गर्नुभएको छ । आकस्मिक रक्त सञ्चार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चुमानले रक्त सञ्चार स्थापना भएसँगै यस क्षेत्रमा रगत आवश्यक पर्ने बिरामीलाई यहीबाट रगत उपलब्ध हुने र यस क्षेत्र वरपर दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने बताउनुभएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष प्रेम तमु, वडा नं. २ का वडा अध्यक्ष आश बहादुर गुरुङ्ग, वडा नं. ३ का वडा अध्यक्ष दिनेश के.सी, वडा नं. ४ का वडा अध्यक्ष मिलन भूजेल, अस्पतालका मेडिकल सुपरिटेन्डेन डिबी क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - १६:४३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology