Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको पालुङटारमा शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम सुरु

गोरखाको पालुङटारमा शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम सुरु

images

इच्छाकामना न्युज

१४, मंसिर २०८१
गोरखाको पालुङटारमा शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम सुरु
images

पालुङटार । गोरखाको पालुङटार नगरपालिका–४ स्थित अमरज्योती जनता माविमा शैक्षिक मेला एवं बिद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बिहीबारदेखि कार्यक्रम सुरु भएको हो । नगरपालिका भित्र पहिलो पटक उक्त कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर नेपालीले बताए ।

कार्यक्रमको पहिलो दिन मावि स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको उनले जानकारी दिए । यस्तै, बिभिन्न तहका शिक्षकद्धारा निर्मित शैक्षिक सामग्रीहरुको पनि प्रदर्शनी भएको थियो । कार्यक्रममा पालिका भित्रका ५१ विद्यालयको सहभागिता रहेको छ । कार्यक्रमको दोस्रो दिन शुक्रबार १–३ कक्षाको पढाई प्रतियोगिता, ४–५ कक्षाको श्रुतिलेखन र गणित दौड प्रतियोगिता, ६–८ कक्षाको चित्रकला प्रतियोगिता हुने बताइएको छ ।

प्रतियागिताका बिजेताहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम समेत रहेको नेपालीले बताए । बाल बिकास र आवि तहको शैक्षिक सामग्री मुल्याङकन प्रतियोगितामा पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार, तेस्रोले ३ हजार र सान्त्वना हुनेले दुई हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । मावि तहको शैक्षिक सामग्री मुल्याङकन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कार पाउने बताइएको छ ।

यता नृत्य प्रतियोगितामा पहिलो हुनेले ८ हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र सान्त्वनाले ३ हजार नगद पुरस्कार पाउने छन् । पढाई, श्रुतिलेखन, गणित दौड र चित्रकला प्रतियोगितामा पहिलो हुनेले ४ हजार, दोस्रोले ३ हजार, तेस्रोले २ हजार र सान्त्वनाले एक हजार नगद पुरस्कार प्राप्त गर्ने शिक्षा शाखा प्रमुख नेपालीले बताए । आधारभूत र माध्यमिक तहमा उत्कृष्ट हुनेले दश हजारका दरले नगद पुरस्कार पाउने छन् ।

कार्यक्रमको बिहीवार नगर प्रमुख विवश चिन्तनले उद्घाटन गरेका हुन् । नगर शिक्षा शाखा प्रमुख नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शक्षा बिकास तथा समन्वय इकाई गोरखाका प्रमुख रमेश मैनाली, शिक्षा अधिकृत माधव पोखरेल, अमरज्योती जनता माविका प्रधानाध्यापक लगायतले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १०:१९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology