Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्याङ्जाको आँधीखोला र फेदीखोलाका बासिन्दाले जलवायुबारे मोबाइलबाटै अग्रिम खबर पाउने

स्याङ्जाको आँधीखोला र फेदीखोलाका बासिन्दाले जलवायुबारे मोबाइलबाटै अग्रिम खबर पाउने

images

इच्छाकामना न्युज

१४, मंसिर २०८१
स्याङ्जाको आँधीखोला र फेदीखोलाका बासिन्दाले जलवायुबारे मोबाइलबाटै अग्रिम खबर पाउने
images

स्याङ्जा । स्याङ्जाको आँधीखोला र फेदीखोला गाउँपालिकाका बासिन्दाले जलवायुबारे मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन् । जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमबारे मोबाइलबाटै खबर पाउने भएका हुन् । आक्स नेपालले युएसआइडीको जल जङ्गल परियोजनामार्फत दुई पालिकामा जलवायु मापनयन्त्र राखेर यहाँ केन्द्र स्थापना गरेको हो । 

मौसम मापनयन्त्र गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव तोयनाथ पौडेलले सोलारबाट मापनयन्त्रमा जोडिएको ब्याट्री चार्ज हुने र ब्याट्रिका माध्यमबाट यन्त्र चल्ने छ भने सोही यन्त्रबाट डिस्प्ले चल्ने र मौसमको जानकारी पाइने बताउनुभयो । 

डिस्प्लेमा आएको सूचना गाउँपालिकाका कर्मचारीका माध्यमबाट पालिकाभित्रका हरेक नागरिकको मोबाइलमा सन्देश पुग्ने आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । उहाँले मौसमको सन्देश पालिकाका सूचना अधिकृतको मोबाइलमा जाने र रेकर्ड भएको सन्देश पालिकावासीसम्म पठाउने बताउनुभयो । एक हप्तासम्मको सूचना मापनयन्त्रमार्फत पूर्वअनुमान हुने र पालिकावासीको मोबाइलमा पुग्ने बताउँदै पौडेलले यस यन्त्रले पालिकावासीलाई राहत पुग्ने बताउनुभयो । यन्त्रमार्फत तापक्रम, हावाको गति, वर्षालगायतबारे थाहा पाइने छ भने उक्त सूचना पालिकावासीलाई पठाइने छ । 

मौसम मापनयन्त्र गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव पौडेलले दुवै पालिकालाई उक्त यन्त्र हस्तान्तरण गर्नुभएको हो । समयमै मौसमको सूचना तथा जानकारी प्राप्त गर्दा स्थानीयवासीलाई ठुलो फाइदा पुग्ने सचिव पौडेलले बताउनुभयो । मापनयन्त्र आक्स नेपालले सात/सात लाख रुपियाँमा खरिद गरेर दुई पालिकालाई दिएको आक्सका अध्यक्ष रुकुमदत्त पौडेलले बताउनुभयो । पोखरानजिक तथा हिमाल देखिने पालिका भएको र आफूले काम गरेको पालिका भएकाले दुई पालिका रोजेको पौडेलले बताउनुभयो । 

पहिलो चरणमा आँधीखोलाले वडा नं. ४ र फेदीखोलाले वडा नं. ४ र ५ का बासिन्दाको मोबाइल नम्बर सङ्कलन गरेको छ भने सो सकेसँगै सबै वडामा क्रमशः पालिकावासीको नम्बर सङ्कलन गरेर मौसमको सन्देश पठाइने छ । मापनयन्त्र राखिएसँगै यहाँका कृषक, विद्यार्थी, वृद्धलगायतलाई मुख्य राहत मिल्ने देखिएको छ ।   

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १०:३१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology