Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मादी नदीमाथि सिग्नेचर पुल बन्ने

मादी नदीमाथि सिग्नेचर पुल बन्ने

images

इच्छाकामना न्युज

१४, मंसिर २०८१
मादी नदीमाथि सिग्नेचर पुल बन्ने
images

अमरराज नहर्की

तनहुँ । पर्यटक भुलाउन नेपालमै पहिलो पटक तनहुँमा निर्माण भइरहेको चार लेनको पुललाई सौन्दर्यकरण गरिने भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजना अन्तर्गत पुल निर्माणको काम पनि सँगै अघि बढाइएको हो । 

पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइनको निर्माण गरिने भएको हो । यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सिग्नेचर पुल हेर्दा आकर्षक देखिन्छ । पैदल यात्रीका लागि पुलको दायाँ र बायाँ फुटपाथ हुन्छ । सोही स्थानबाट दृश्यावलोकन गर्न, फोटो खिच्न र नदी वरपरको वातावरण नियाल्न सकिन्छ । माथिबाट घुमाएर ल्याइने भएकाले एक प्रकारको आर्क पुलका रूपमा सिग्नेचरलाई बुझिन्छ । 

कम सङ्ख्यामा पिलरको प्रयोग हुने, बत्ती रहने, दायाँबायाँ फराकिला पैदल यात्रुका लागि स्थान छाडिनेछ । बढ्दो सहरीकरणका क्षेत्रमा ट्राफिक चाप बढी हुने हुँदा ४ लेनको सिग्नेचर पुल बनाउन थालिएको हो । पुलको चौडाइ करिब १९ मिटरको हुनेछ । 

एक लेन सडकको चौडाइ साढे ३ मिटरको हुन्छ । दायाँ र बायाँबाट आउने गाडीलाई दुर्घटनाबाट बचाउन एक मिटरको डिभाइडर राखिने छ । पैदल यात्रीलाई दायाँबायाँ दुई-दुई मिटरको फुटपाथ छोडिनेछ । पुल आकर्षक देखाउन डन्डीमा कलात्मक डिजाइन दिइनेछ । अन्तर्राष्ट्रियस्तरमा यस्ता पुल पर्यटकीय आकर्षणको रूपमा प्रयोग गरिने भएकाले नेपालमा पनि बनाउन लागिएको बताइएको छ ।

यस पुलको काम झन्डै आधा पुरा भएको छ । निर्धारित समयमा नै पुरा गर्न पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका-४ को दमौली बजार र ५ को चापाघाट जोड्ने मादी नदीमा बन्दै गरेको पुलको काम धमाधम भइरहेको हो । यो पृथ्वीराज मार्गको सबैभन्दा लामो पुल पनि हो ।

तीन सय १५ मिटर लामो पुलको ४८ प्रतिशत निर्माण पूरा भएको  मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । निर्धारित समयमा नै पुरा गर्न धमाधम काम भइरहेको र हालसम्म आधा काम  सकिएको ठेकेदार कम्पनीका साइड इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ अनुसार निर्माणाधीन पुलको हाल पिल्लर निर्माण काम भइरहेको छ ।  

हाल पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम पुरा गरी पानीमाथि गरिने ‘सुपर स्टक्चर’ काम भइरहेका छन् । हाल रहेको दुइलेनको पुलबाट करिब ५० मिटर उत्तर तर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

पाण्डेका अनुसार नेपालमै पहिलो पटक चार लेनको पुल निर्माण भइरहेको हो र तीन वर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्य रहेको छ । निर्धारित समयमा पुरा गर्न तदारुकताका साथ काम भइरहेको छ । हाल दुई लेनको पुल तीन सय ७० मिटर छ । अब बन्ने पुल भने चार लेनको तीन सय १८ मिटरको हुनेछ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १०:३४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology