Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मीको जित 

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मीको जित 

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मीको जित 
images

काठमाण्डौ, २ फागुन । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । आज भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६ – १ गोल अन्तरले पराजित गरेको हो ।  
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिक सहित ४ गोल गर्नुभयो । यस्तै विमला चौधरीले दुई गोल गर्नुभयो। चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काउनुभयो । 
जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी एपीएफ भन्दा २ अंकले पछि रहेको छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।  चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछ । पहिलो खेलमा एपीएफ र नेपाल पुलिस भिड्ने छन् । 
यस्तै दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका बीच खेल हुनेछ ।  

images
images

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - १८:५५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology