Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु

लमजुङको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु

images

इच्छाकामना न्युज

१४, मंसिर २०८१
लमजुङको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु
images

लमजुङ —लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ भलामचौरको एक घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ ।

लुकुमारी गुरुङको एक तले ढुंगामाटोले बनेको घरमा बिहीबार राति आगलागी हुँदा अन्दाजी ४५ वर्षीय धर्ती तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए । उनका अनुसार चितवन घर भएका उनी कामदारको रुपमा २ वर्षदेखि उक्त घरमा बस्दै आएको बुझिएको छ ।

उनको थप पहिचान खुल्न नसकेको र पोष्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा राखिएको उनले बताए । प्रहरीका अनुसार घर सबै जलेको छ । बिहीबार राति करिब ११ बजेतिर आगो लागेको र २ बजेतिर नियन्त्रणमा ल्याएको स्थानीय तेजबहादुर गुरुङले बताए ।

आगो नियन्त्रण पछि कामदार तामाङलाई खोजी गर्दा जलेर मृत्यु भएको अवस्थामा फेला परेको उनले बताए ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - २३:४३:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology