Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा आमडाँडाका मगर समुदायका महिलाहरु संस्कृति प्रवर्द्धनमा जुट्दै

गोरखा आमडाँडाका मगर समुदायका महिलाहरु संस्कृति प्रवर्द्धनमा जुट्दै

images

इच्छाकामना न्युज

१५, मंसिर २०८१
गोरखा आमडाँडाका  मगर समुदायका महिलाहरु संस्कृति प्रवर्द्धनमा जुट्दै
images

गोरखा, मङ्सिर १५ गते । गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको संस्कृति र परम्पराका सरंक्षणमा जुटेका छन् । मगर समुदायको वेशभूषा, संस्कृति र परम्परा जोगाउनका उनीहरु समूहमार्फत पहल सुरु गरेको आमाडाँडा महिला समूहकी अध्यक्ष बेली थापामगरले जानकारी दिनुभयो ।

“मगर समुदायको संस्कार र संस्कृति जीवन्त राख्न अहिले मगर जातिको सोरठी, कौह्रा, झ्याउरे नृत्य पछिल्लो पुस्तालाई सिकाउने थालिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक जन्म, मृत्यु र विवाहलगायतका कर्मकाण्डलाई पनि आफ्नै परम्पराअनुसार नै गर्नका लागि सिकाइको प्रक्रियालाई अगाडि बढाइएको छ ।” गोरखा सामुदायिक सिकाइ केन्द्र र  वडाको सहयोगमा स्थानीय मगर समुदायको मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण एवं पुस्तान्तरणका लागि महिलाले काम गरिरहेको अध्यक्ष थापामगरले बताउनुभयो । “मगर जातिका महिला र पुरुषले लगाउने परम्परागत पोसाकबारेमा पछिल्लो पुस्तालाई थाहा हुन छोडिसक्यो”, उहाँले भन्नुभयो, “यसलाई जोगाउन र पुस्तान्तरणका जरुरी छ, हामीले त्यो काम पनि सुरु गरेका छौँ ।”

गोरखा सामुदायिक सिकाइ केन्द्रले मगर समुदायका महिलालाई संस्कृतिका संरक्षणमा सहयोग पु¥याउन मादल, झुर्मालगायतका परम्परागत वाद्य सामग्री सहयोग गर्दै आएको छ । “पछिल्लो समय जातजातिका आफ्ना मौलिक संस्कृतिको संरक्षण हुनै सकेको छैन, नत संस्कृतिको पु्स्तान्तरण नै हुने गरेको छ”, केन्द्रका अध्यक्ष विशेश्वर कट्टेलले भन्नुभयो, “संस्कृतिको पुस्तान्तरण र पुस्ता हस्तान्तरणको दूरी कम गर्न सिकाइ केन्द्रमार्फत महिलाले काम गर्न थालेका छन् ।”

समूहले मगर जातिका युवायुवतीलाई आफ्नो संस्कार र संस्कृतिको बारेमा जानकारी दिन सकेमात्र मौलिक संस्कृति र परम्पराको पुस्ता हस्तान्तरण गर्न सकिने उहाँको भनाइ छ । आमडाँडाका मगर समुदायका महिलाले संस्कृति जर्गेनासँगै स्थानीय रैथाने जातको बालीनाली संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएका छन् ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - ०९:३४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology