Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा नगरपालिकामा मङ्सिर १६ गते सार्वजनिक बिदा

गोरखा नगरपालिकामा मङ्सिर १६ गते सार्वजनिक बिदा

images

इच्छाकामना न्युज

१५, मंसिर २०८१
गोरखा नगरपालिकामा मङ्सिर १६ गते सार्वजनिक बिदा
images

गोरखा । गोरखा नगरपालिका गोरखाले मङ्सिर १६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन गण्डकी प्रदेश भरि नै एकमात्र गोरखा नगरपालिका–५ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुन गइरहेकाले सार्वजनिक बिदा दिन लागेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले मङ्सिर १६ गते वडा आसपासको वडाहरूमा समेत निर्वाचन कार्यक्रमबाट आवतजावतमा कठिनाइ हुने र अन्यत्र कार्यरत रहेका वडा न ५ मा मतदान गर्न योग्य मतदातालाई समेत बिदा आवश्यक भएकाले सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो ।

उक्त दिन नगरपालिका भित्रका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था एवम् अन्य सङ्घ संस्थाहरू बन्द रहने प्रमुख प्रशासकीय अधिकृत खनालले जारी गरेको सूचनामा भनिएको छ ।  

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - १८:५६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology