Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भीमादमा इलाका प्रशासन कार्यालय राख्न माग

भीमादमा इलाका प्रशासन कार्यालय राख्न माग

images

इच्छाकामना न्युज

१५, मंसिर २०८१
भीमादमा इलाका प्रशासन कार्यालय राख्न माग
images

अमरराज नहर्की

तनहुँ, मङ्सिर १५ गते । तनहुँको भीमाद बजारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै जिल्लावासीले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । तनहुँका सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरू सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका हुन् ।

तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको नेतृत्वमा तनहुँका जनप्रतिनिधि एवं राजनीतिक दलका प्रमुखको प्रतिनिधि मण्डलले गृहमन्त्री लेखकलाई भेटी इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो । तनहुँको दक्षिणी तथा पश्चिम भेगका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापना गरी सहज गरिदिन माग गरिएको थियो । जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा गरी सङ्घीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो ।

तनहुँमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन टाढा धाउनु पर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि गृहमन्त्रीलाई भेट गरिएको सांसद भण्डारीले बताउनुभयो । भेटमा गृहमन्त्री लेखकले यसबारेमा थप छलफल गरी मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रतिबद्धता जनाउनुभएको थियो । त्यस्तै, सो प्रतिनिधि मण्डलले सङ्घीय सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटी भिमाद अस्पतालको भवन निर्माणको समस्या समाधान तथा जीपी कोइराला तथा अन्य आधारभूत अस्पतालको स्तर वृद्धि सम्बन्धमा छलफल गरेको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - १९:००:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology