Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा पुस १२ देखि त्रिवेणी कप फुटबल प्रतियोगिता हुने

लमजुङमा पुस १२ देखि त्रिवेणी कप फुटबल प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

१५, मंसिर २०८१
लमजुङमा पुस १२ देखि त्रिवेणी कप फुटबल प्रतियोगिता हुने
images

लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरमा आगामी पुस १२ गतेदेखि त्रिवेणी कप फुटबल प्रतियोगिताको ३२ औं संस्करण सुरु हुने भएको छ ।

 

बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा ९ दिन प्रतियोगिता सञ्चालन हुनेछ । आयोजक त्रिवेणी युवा क्लव बेंसीसहरले प्रथम पुरस्कार राशि १२ लाख रुपैयाँ, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र रहने जनाएको छ ।

गतवर्ष प्रथम पुरस्कार राशि ८ लाख रुपैयाँ रहेकोमा यसवर्ष बढाएर १२ लाख रुपैयाँ पुर्‍याएको आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले शनिबार आयोजित पत्रकार भेटघाटमा भने । उनका अनुसार दोस्रो पुरस्कार ६ लाख रुपैयाँ राखिएको छ । पुरस्कारमा करकट्टी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सेमीफाइनलमा पराजित २ टिमलाई २/२ लाख रुपैयाँ प्रदान गरिने भएको छ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र साथै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५/२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने र क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकले त्रिवेणी कप फुटबल प्रतियोगितामा टिमका लागि प्रवेश शुल्क निःशुल्क गरेको छ । क्वाटरफाइनलबाट आमन्त्रित टिमसमेत सहभागी हुनेछन् । यसमा विभागीयसमेतको नेपालका ‘ए’ डिभिजनका टिमहरु सहभागी हुनेछन् । आमन्त्रित टिम व्यवस्थापनमा मात्रै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा कुल ८४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजकले प्रक्षेपण गरेको छ ।

ITPF
Sunrise bank

त्रिवेणी क्लबले पुस १५ गते गुरुङ जातिको पर्व ल्होसारका दिन बेंसीसहरको मनाङे चौतारामा त्रिवेणी साँझ आयोजना गर्ने र फुड फेष्टिबले गर्ने जनाएको छ । यसका लागि १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । यो समेत गरी कुल ९४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - १९:०९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology