Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बारपाकको जंगलमा युवतीको शव फेला, हत्याको आशंका

बारपाकको जंगलमा युवतीको शव फेला, हत्याको आशंका

images

इच्छाकामना न्युज

१८, मंसिर २०८१
बारपाकको जंगलमा युवतीको शव फेला, हत्याको आशंका
images

गोरखा । घाँस काट्न जादाँ सम्पर्कविहीन भएकी बारपाक सुलिकोट गाउँपालिका–१ की १८ बर्षीय सुचिना घले मृत अवस्थामा फेला परेकी छन् । मंगलवार दिउँसो साढे एक बजे मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


गत शनिवार घाँस काट्न भनी उनी घर नजिकैको जंगलमा गएकी थिइन् । साँझसम्म पनि घर नफर्केपछि स्थानीय र आफन्त खोजी कार्यमा जुटेका थिए । खोजी गरिदिन भन्दै उनीहरुले बारपाक प्रहरी चौकीमा समेत निवेदन दिए । प्रहरी र स्थानीय मिलेर खोजतलास गर्ने क्रममा मंगलवार जंगल नजिकै ती युवतीको शव फेला परेको एसपी वासुदेव पाठकले बताए ।
घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको बिशेषज्ञ टोली र जिल्ला प्रहरी कार्यालयबाट डिएसपी इन्द्रप्रसाद सुवेदी नेतृत्वको टोली घटनास्थल पुगिसकेको छ ।


धार्चे ६ काशिगाउँ माइत भएकी घलेको शव माइती पक्ष आएपछि मात्र निकालिने एसपी पाठकले जानकारी दिए । ‘धार्चेको काशिगाउँबाट माइती पक्ष आउँदै हुनुहुन्छ, उहाँहरु आएपछि मात्र शव निकाल्छौँ,’ उनले भने ।


युवतीको हत्या भएको स्थानीयले दावी गरेका छन् । डोकोभित्र राखेर स्याउलाले पुरेको अवस्थामा शव देखिएको र टाउकोमा धारिलो हतियार प्रहार भएको चोट समेत रहेको स्थानीयले बताएका छन् । घटनास्थल नजिकै केही कपाल, रगत र डोको भेटिएको प्रहरीले समेत जनाएको छ । घटना शंकास्पद भएकाले हत्या पनि हुन सक्ने प्रहरीको अनुमान छ ।

images
प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - २१:५८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology