Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा–५ मा ६ उम्मेदवारको धरौटी जफत

गोरखा–५ मा ६ उम्मेदवारको धरौटी जफत

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
गोरखा–५ मा ६ उम्मेदवारको धरौटी जफत
images

गोरखा — गोरखा नगरपालिका–५ मा आइतबार भएको उपनिर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित ६ उम्मेदवारको धरौटी रकम जफत भएको छ ।

गोरखा–५ को वडाध्यक्ष पदमा ९ जनाले उम्मेदवारी दिएका थिए । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाहेक अन्यको धरौटी रकम जफत भएको हो । जम्मा खसेको १ हजार ३ सय ७३ मतमध्ये १८ मत बदर भएको थियो । त्यसको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी रकम जफत भएको हो ।

‘कुल सदर मतको १० प्रतिशत भनेको १ सय ३६ मत ल्याउनुपर्ने थियो,’ निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘१ सय ३६ मत नकटाउनेको धरौटी रकम जफत भएको छ ।’

सदर मतको १० प्रतिशतभन्दा कम ल्याउने उम्मदवारको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबाबु थापाले ८२ मत प्राप्त गरे भने अन्य पाँच उम्मेदवारले १५ मत पनि कटाउन सकेनन् ।

१० मत प्राप्त गरेका नेपाल समाजवादी पार्टीका रुपेश मग्राती, ९ मत ल्याएका मंगोल नेसनल अर्गनाइजेसनकी भवानी थापा मगर, १२ मत ल्याएकी राप्रपाका कल्पना राना, ५ मत ल्याएका राप्रपा नेपालका रुपसिं राना र ४ मत ल्याएका नेसनल रिपब्लिक नेपालकी सविना तामाङको धरौटी रकम जफत भएको हो ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - ०९:४७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology