Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा बसपार्कदेखि बिसौनी मोडसम्म घरअगाडिका संरचना हटाउन नगरपालिकाको आग्रह

गोरखा बसपार्कदेखि बिसौनी मोडसम्म घरअगाडिका संरचना हटाउन नगरपालिकाको आग्रह

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
गोरखा बसपार्कदेखि बिसौनी मोडसम्म घरअगाडिका संरचना हटाउन नगरपालिकाको आग्रह
images

गोरखा । गोरखा बसपार्कदेखि बिसौनी मोडसम्मको फुटपाथ व्यवस्थापका लागि घर अगाडिको सेफ्टी ट्याङ्की लगायत संरचना हटाउन गोरखा नगरपालिकाले आग्रह गरेको छ । सडकको दुवैतर्फ नाला, सडक र फुटपाथ बन्ने भएकाले घर अगाडीका संरचनाहरु व्यवस्थापन गर्न गोनपाले सूचना जारी गरी आग्रह गरेको हो ।

फुटपाथ व्यवस्थापका लागि यसअघि स्थानीयहरुसँग गरिएको छलफलमा स्थानीयहरु आफैले घर अगाडिको सेफ्टीट््याङ्की लगायत संरचना हटाउने सहमति गरेका थिए । सोही सहमति अनुसार पुस १८ गतेसम्ममा संरचनाहरु हटाउन गोनपाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।

गोनपाले सडक डिभिजन कार्यालय दमौलीसँग गोरखा बजारको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा पार्ने काम संचालनका लागि सहमति गरेको छ । बहुबर्षीय योजनामा समावेश गराउँदै नगरपालिकाले उक्त कामका लागि यो बर्ष ८० लाख रकम विनियोजन गरेको छ ।

गोरखा नगरपालिकाका अनुसार सडक डिभिजनले सडक र नाला निर्माणमा साथ दिने बताएको छ । योजना अन्तरगत बसपार्कदेखि खोलखोलेसम्मको सडक करिव तीन मिटर चौडा गर्ने र नालासहित फुटपाथ बनाउन लागेको हो । उक्त योजना सम्पन्न गर्न करिव १४ करोड लाग्ने नगरपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १०:०९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology