Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चितवनमा पत्रकार देउजामाथि रास्वपाका कार्यकर्ताद्वारा कुटपिट

चितवनमा पत्रकार देउजामाथि रास्वपाका कार्यकर्ताद्वारा कुटपिट

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
चितवनमा पत्रकार देउजामाथि रास्वपाका कार्यकर्ताद्वारा कुटपिट
images

चितवन, मंसिर १९ । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पत्रकार कुटेको घटनाको पत्रकार सम्बद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भईरहेको अनुसन्धानको विरोधका उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघका सदस्य तथा कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजामाथि बुधबार कुटपिट भएको हो ।

घटनाको नेपाल पत्रकार महासंघ चितवन लगायत पत्रकार सम्वद्ध संघ सस्थाहरुले घोर भत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस सेन्टरका सचिव रवि अधिकारी, समाजवादी प्रेस संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिना र जनपत्रकार संगठनका अध्यक्ष होमनाथ न्यौपानेले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी विरोध गरेका छन् ।

विज्ञप्तिमा रास्वपाका कार्यकर्ताहरुले समाचार संकलन गरिरहेका पत्रकार देउजामाथि प्रर्दशनकारीले मुक्का प्रहार गर्दै लखेटेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “आक्रमणबाट जोगिन पत्रकार देउजा अस्पताल रोडको एक घरमा शरण लिन बाध्य पारिएको घटना निन्दनीय छ । पत्रकार देउजाको अवस्था बुझ्न गएका नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस चौतारी नेपाल चितवनकी इन्चार्ज एवं नेपाल प्रेसकी चितवन संवाददाता प्रतिमा सिलवाल लगायतका पत्रकारहरुमाथि पनि अमानवीय तथा अभद्र ब्यवहार भएको छ ।” घटना लोकतान्त्रिक समाजका लागि अमर्यादित र निन्दनीय कार्य भएको उल्लेख गर्दै विज्ञप्तिमा यस्तो कार्य नगर्न नगराउन चेतावनी दिईएको छ ।

जारी संयुक्त विज्ञप्तिमा पत्रकार देउजा लगायतका पत्रकारहरुमाथि आक्रमण गर्ने आक्रमणकारीहरुको पहिचान गरी कडा कानुनी कारवाही माग गरिएको छ । “आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही नगरिए नेपाल पत्रकार महासंघ चितवन लगायत पत्रकार सम्बद्ध संघ संस्थाहरु जस्तोसुकै कदम चाल्न वाध्य हुने चेतावनी दिन चाहन्छौँ ।” विज्ञप्तिमा भनिएको छ “सम्बद्ध पार्टीलाई घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारवाहीका लागि सहयोग गर्न यसै विज्ञप्ति मार्फत् अनुरोध गर्दछौं ।”

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १९:५९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology