Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बन्दीपुरको चन्द्रकोट गढीको पर्यटन प्रबद्र्धन गरिने

बन्दीपुरको चन्द्रकोट गढीको पर्यटन प्रबद्र्धन गरिने

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
बन्दीपुरको चन्द्रकोट गढीको पर्यटन प्रबद्र्धन गरिने
images

बन्दीपुर, मंसिर १९ । बन्दीपुर गाउँपालिका वडा नम्बर ५ मा रहेको चन्द्रकोट गढीको पर्यटन प्रबद्र्धन गरिने भएको छ । उक्त चन्द्रकोट गढीमा गत सोमबार बसेको बन्दीपुर गाउँपालिाकको कार्यपालिकाको बेठकले बैठकमा ऐतिहासिक महत्वको चन्द्रकोट गढीलाई पर्यटन प्रवद्र्धन गर्ने, बन्दीपुर भ्रमण वर्ष–२०२५ मा रूट लिंक गर्ने निर्णय गरेको थियो ।

बन्दिपुर बजारबाट पूर्व तर्फ बाहुनभन्ज्याङ हुँदै खानीगाउँ सम्म सवारी साधनमा पुगी त्यसपछि २० मिनेट पैदल हिँडी चन्द्रकोट पुगिन्छ । यस्तै पृथ्वी राजमार्गको वडा नम्बर ५ स्थित याम्पाबाट थुम्का कोरिखा हुँदै पनि बाहुनभन्ज्याङ पुगी चन्द्रकोट पुग्न सकिन्छ । उक्त चन्द्रकोटगढीको प्रचार प्रसार गर्न सके उक्त ऐतिहाँसिक स्थलमा पर्यटक भित्र्याउन सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

पछिल्लो समय चन्द्रकोटको महत्व झनै बढेको भन्दै अध्यक्ष थापाले इतिहासको खोज अनुसन्धान एवम् अध्ययन गर्नेहरूका लागि पनि चन्द्रकोट विशेष रहेकोले यस ठाउँको प्रचारप्रसारको लागि उक्त ठाउँमा गाउँ कार्यपालिका बैठक आयोजना गरिएको बताए ।

उक्त कार्यपालिका बैठकले आगामी पुस ७ गते गाउँसभा बस्ने, डुम्रे चिसोपानी र बन्दिपुरमा आउटडोर जिमको सामान राख्ने निर्णय समेत गरेको प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए । गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि यसअघि पनि सिद्धगुफामा कार्यपालिका बैठक बसेको थियो ।

अर्को बैठक वडा नम्बर ६ को पर्यटकीय स्थलमा बस्ने निर्णय बैठकले गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - २०:०१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology