Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा बिभिन्न मुद्धाका फरार रहेका ३ जना प्रतिवादीहरु पक्राउ

तनहुँमा बिभिन्न मुद्धाका फरार रहेका ३ जना प्रतिवादीहरु पक्राउ

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
तनहुँमा बिभिन्न मुद्धाका फरार रहेका ३ जना प्रतिवादीहरु पक्राउ
images

तनहुँ, १९ मंसिर। तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका तीन फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा जिल्लाको व्यास नगरपालिका–३ तरकारी लाईन बस्ने बर्ष ५० को बिजयराज पौडेल,देवघाट गाउँपालिका–२ घरभई हाल जिल्ला नवलपरासी गैडाकोट नगरपालिका–६ बस्ने बर्ष ४१ को मन बहादुर बिक र व्यास–१३ बेलबास बस्ने बर्ष २९ का गम्बिर थापा रहेका छन् । 


तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका तीनै जना व्यक्तिलाई लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

पौडेललाई चेक अनादर रु.एक हजार रुपैयाँ, मन बहादुर बिकलाई सार्वजनिक अपराधमा  रु.दुई हजार हजार  र गम्बिर थापालाई अमानविय अपराध मुद्धामा २२ दिन कैद र रु.दश हजार रुपैयाँ जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - २०:०२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology