Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको बागेश्वरी सडक १० दिन बन्द हुने

तनहुँको बागेश्वरी सडक १० दिन बन्द हुने

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
तनहुँको बागेश्वरी सडक १० दिन बन्द हुने
images

तनहुँ । व्यास नगरपालिका– ११ स्थित बागेश्वरी सडक १० दिन बन्द हुने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण शुरु गरिएकाले दश दिन बन्द गरिएको हो ।

बुधबारदेखि १० दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए । मोटरमार्गको घाँसीकुवादेखि बरभञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ ।

सडकमा कालोपत्र समेत गर्न लागिएको छ। बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र शुरु गरिएको हो। सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम शुरु गरिएको भट्टराईले जानकारी दिए । व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए ।

 

पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ, जसअनुसार ५.५ देखि ७.५ मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ। हालसम्म ८५० मिटर सडक कालोपत्र भइसकेको छ ।

 

अध्यक्ष भट्टराईले भनेयो, ‘सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ। सडक कालोपत्रसँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - ०८:४८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology