Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
images

नवलपरासी — गैंडाकोटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार कालीगण्डकी कोरीडर हुँदै गैडाकोटस्थित महेन्द्रराजमार्गमा आउँदै गरेका रुपन्देहीका पंकज ज्ञवालीको मृत्यु भएको हो ।

३५ वर्षीय ज्ञवाली रुपन्देहीको भैरहवा निवासी हुन् । ज्ञवाली कृषि अनुसन्धान परिषद (नार्क) का प्राविधिकतर्फका अधिकृत हुन् । उनीसंगै रहेका अर्का सुकबहादुर गुरुङ गम्भीर घाइते भएका छन् ।गुरुङ लमजुङका हुन् ।

उनको चितवनस्थित पुरानो मेडिकल कजेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति साढे ११ बजे उनीहरु चढेको बुलेट मोटरसाइकल दुर्घटनामा परेको थियो ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - ०९:०७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology