दमौली । एनएमबि बैंक लिमिटेड शाखा कार्यालय दमौलीले कर्पोरेट सामाजिक उत्तरदायित्व कोष मार्फत आज जिल्ला प्रहरी कार्यालयलाई आवश्यक सामाग्री सहयोग गरेको छ ।
तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीलाई बैंकका शाखा प्रवन्धक सरोज जम्मरकट्टेलले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
प्रहरी कन्ट्रोल रुमका लागि आवश्यक पर्ने एसी एक थान,एक्साइट व्याट्री १५० ए दुई थान,इन्भटर १६५० भोल्टेजको एक थान,टिभी ४३ इन्चको एक थान र डेल कम्प्युटर एक सेट प्रदान गरेको हो ।
कार्यालयका लागि आवश्यक सामाग्री सहयोग प्राप्त भएपछि नागरीकको कामकाजमा सहज हुने कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीलाई बैंकका शाखा प्रवन्धक सरोज जम्मरकट्टेलले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । सहयोगी संस्था एनएमबी बैंक शाखा दमौलीप्रति प्रहरी प्रमुख शाहीले आभार व्यक्त गर्नुभएको थियो ।