Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बारपाककी सुचिना हत्याका दोषीलाई यथासीघ्र कारबाही गर्न आफन्तको माग

बारपाककी सुचिना हत्याका दोषीलाई यथासीघ्र कारबाही गर्न आफन्तको माग

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
बारपाककी सुचिना हत्याका दोषीलाई यथासीघ्र कारबाही गर्न आफन्तको माग
images

प्रतीक्षा आले मगर । 

गोरखा बारपाककी सुचिना घलेको हत्यामा संलग्नलाई यथासीघ्र पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न उनका आफन्तले माग गरेका छन् । काशीगाउँमा रहेका घलेका माइती पक्षले यथासीघ्र दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका हुन् । सुचिना हत्याको घटनाले सिंगो काशिगाउँ नै शोकमा डुबेको उनका आफन्त सोममाया गुरुङ बताउँछिन् ।

‘सुचिना मेरो जेठाजुको छोरी हो । बैशाख २८ गते बारपाकमा बिहे गरेर गएकी हो । त्यहाँ उसको यस्तो दर्दनाक हत्या हुन्छ भन्ने कुराको हामी सपनामा पनि सोच्न सक्दैनौँ’, उनले भनिन्, ‘हाम्रोतिर त कोही भिरबाट लडेर मर्छन्, ठूलो रोग लाग्यो भने कोही उपचार नपाएर मर्छन्, तर यसरी जंगलमा मारेर गाड्ने कुरा त कल्पनै गर्न सकिरहेका छैनौँ ।’ घलेको मृत्युले सिङ्गो काशीगाउँ नै त्रसित बनेको बताइन् ।

‘त्यो खबर सुनेदेखि सिङगो गाउँ नै डर त्रासमा बसेका छौँ । घरपरिवार लगायत हामी सिङ्गो गाउँ नै बेहाल बनेका छौँ’, उनले भनिन् । घटनाको दोषी चाँडोभन्दा चाँडो पत्ता लगाई नियमअनुसार कडा भन्दा कडा कडा कारबाही गर्नुपर्ने माग उनको छ ।
मृत्युको खबर पाउने वित्तिकै काशीगाउँका २४–२५ जनाको टोली बारपाक पुगेका थिए । आफ्नी भान्जी सुचिनालाई न्याय माग्ने उद्देश्यसहित आफन्तजनहरु बारपाक पुगेको काशिगाउँका आशबहादुर घलेले बताए ।

‘घटनाको अनुसन्धानमा ढिलाइ भयो भने, छिटोभन्दा छिटो दोषी पत्ता लगाएर कारबाही भएन भने हामी चुप लाग्न सक्दैनौँ’, घलेले भने, ‘जसरी पनि दोषीलाई पत्ता लगाएर कानुन अनुसार कडा कारबाही गर्नुपर्छ । मलाई त हाम्रो भान्जीलाई पनि निर्माला पन्त जस्तै अस्ताउने त होइन भन्ने डर छ । दोषीले कारबाही पाएन भने यस्तो घटना फेरि नघट्ला भन्न सकिदैँन ।’

बारपाक सुलिकोट गाउँपालिकाले पनि एक विज्ञप्ती जारी गर्दै अनुसन्धानमा सहयोग गर्न स्थानीय जनसमुदाय, जनप्रतिनिधि, वुद्धिजीवि, सुरक्षाकर्मी र राजनीतिककर्मीहरुलाई आग्रह गरेको छ । यता गोरखा प्रहरीले भने घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग काठमाडौँ लैजाने तयारी भईरहेको जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - ०९:१८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology