Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चालु आर्थिक वर्षको सातौं महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा वस्तु आयात उच्च 

चालु आर्थिक वर्षको सातौं महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा वस्तु आयात उच्च 

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
चालु आर्थिक वर्षको सातौं महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा वस्तु आयात उच्च 

काठमाण्डौ, ३ फागुन । चालु आर्थिक वर्षको सातौँ महिनामा आइपुग्दा वस्तु आयात उच्च दरमा बढेको छ। भन्सार विभागले तयार गरेको तथ्याङ्कअनुसार माघमा आइपुग्दा वस्तुको आयात ३० दशमलव ७५ प्रतिशतले बढेको हो।माघमा १ खर्ब ४२ अर्ब ३९ करोड रूपैयाँको वस्तु आयात भएको छ। गत वर्षको माघमा १ खर्ब ८ अर्ब ९० करोड रूपैयाँको वस्तु आयात भएको थियो। 
माघमा निर्यात १८ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार माघमा मात्रै ९ अर्ब ११ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। जुन गत वर्षको यही महिनामा ७ अर्ब ६९ करोड रूपैयाँको मात्रै थियो। आयात उच्च परिमाणमा बढ्दा त्यसको सकारात्मक प्रभाव भन्सार राजस्वमा देखिएको छ। भन्सार राजस्व एकै महिनामा ५२ दशमलव ७८ प्रतिशतले बढेको छ। माघमा ४१ अर्ब ५९ करोड रूपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ। जुन गत वर्ष २७ अर्ब २२ करोड रूपैयाँ मात्रै थियो। 
भन्सारमा दैनिक औसत १ अर्ब ३८ करोड रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।आर्थिक वर्षको पहिलो ७ महिनाको तथ्याङ्कमा भने आयात झिनो अङ्कले मात्रै बढेको छ। साउनदेखि माघसम्ममको एकीकृत तथ्याङ्कअनुसार आयात ० दशमलव ००५ प्रतिशतले बढेको छ भने निर्यातमा ७ दशमलव ६२ प्रतिशतले वृद्धि देखिएको छ। 

images

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०९:११:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology