Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

images

इच्छाकामना न्युज

२१, मंसिर २०८१
तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु
images

तनहुँ, मङ्सिर २१ गते । तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर वितरणको जिम्मा पालिकालाई दिएपछि  सुरु गरिएको हो ।

जिल्लामा पहिलो पटक आबुँखैरेनी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरु गरिएको छ । वडा नम्बर २ निवासी ८१ वर्षीय रेशमराज भट्टराईलाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले परिचयपत्र प्रदान गरी सो कार्यक्रमको शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा ४८ जना नागरिकहरुले परिचय पत्र प्राप्त गर्नुभयो ।

आबुँखैरेनीमा प्राप्त भएको परिचय पत्र वितरण कार्य निरन्तर चल्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरण गर्न पालिकामा पठाइसकिएको सो अवसरमा जानकारी दिइएको थियो । 

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - २२:४८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology