Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बेँसीसहर नगरपालिका– ७ स्थित एक स्कुलमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु

बेँसीसहर नगरपालिका– ७ स्थित एक स्कुलमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु

images

इच्छाकामना न्युज

२१, मंसिर २०८१
बेँसीसहर नगरपालिका– ७ स्थित एक स्कुलमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु
images

लमजुङ — बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ । 

कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ को ओमबहादुर तामाङकी १४ वर्षीय छोरी बिन्ती तामाङको शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आगामी पुस २४ गते प्याब्सनको कार्यक्रमको लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा अचानक ढलेर बेहोस भएकी उनलाई लमजुङ अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्युको कारण भने खुलिनसकेको प्रनाउ श्रीवास्तवले बताए ।

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - २२:५३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology